Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरबाट दोलखा जाँदै गरेको गाडी सडकबाट खस्यो, चार जना घाइते


    शनिबार, माघ ८ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपालचोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

    भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएकाे हाे ।  

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुकाे  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ । 

    गाडी  अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार