Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले भन्याे- सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी प्राप्त छैन


    शनिबार, माघ ८ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठकबारे कुनै जानकारी प्राप्त नभएकाे बताएकाे छ । स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  शनिबार बिहानका लागि सर्वदलीय बैठक बाेलाएका थिए ।

    प्रधानमन्त्री देउवाकाे सचिवालयले एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बाेलाएकाे बताएकाे थियाे ।

    तर, एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा जारी सूचनामा ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं’ उल्लेख छ ।   याे सूचना एमालेकाे आधिकारिक फेसबुक पेजमा राखिएकाे छ ।

    एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै रहेकाे बताएकाे छ । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार