Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनीमा जोरबिजोर प्रणालीमा ढुवानी कार्डमार्फत मालसमान लोड गर्ने


    शनिबार, माघ ८ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशभित्रका ट्रक यातायात व्यवसायीले दुर्घटना न्यूनीकरण, कोभिडको महामारीबाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि पार्किङ स्थलमा गाडी राख्ने र जोरबिजोर प्रणालीमा ढुवानी कार्डमार्फत लोडिङ गर्ने निर्णय गरेका छन् ।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको रुपन्देहीमा भएको भेलाले प्रदेशका सवै यातायात व्यवसायी संघसंस्थाले आ-आफनो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानबाट गाडी सञ्चालन गराउने निर्णय गरेको छ । 

    महासंघले गरेको निर्णयलाई  वेवास्ता गरी कार्यान्वयन नगर्ने सवारी धनीलाई संस्थावाट उपलब्ध गराउने दुर्घटना सुविधावाट बन्चित गर्ने समेत भेलाले निर्णय गरेको लुम्बिनी प्रदेश अध्यक्ष यम प्रसाद पाण्डेले बताए ।

    भेलाले ईन्धनमा भएको मूुल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा तत्काल अनुरोध गर्ने र सबै व्यवसायीहरुले नयांँ भाडादरमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडको प्रकोपवाट सुरक्षित हुन जोर विजोर प्रणालीमा ढुवानी गर्ने निर्णय गरेको छ ।

    १५ माघसम्म प्रचारप्रसार गरी सबै गाडी धनी र चालकलाई जानकारी गराउने र २१ माघदेखि पार्किङ स्थलवाट ढुवानी कार्ड मार्फत  लोडिङ गर्ने व्यवस्था मिलाउने निर्णय लुम्बिनी प्रदेशले गरेकोमा अन्य प्रदेशमा रहेका यातायात व्यवसायीहरुलाई पनि यो निर्णय लागू गराउन महासंघले पहल गर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए ।

    भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्वय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, बसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनित गरेको अध्यक्ष पाण्डेले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार