Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री यादवको बचाउमा उत्रियो प्रदेश सरकार, उल्टै प्रतिकार गर्ने मधेसका राज्यमन्त्रीको चेतावनी


    शनिबार, माघ ८ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । संघीय सरकारमा मन्त्री रहेकी जसपा नेतृ रेणुकुमारी यादवले दिएको अभिव्यक्तिको विरोध हुन थालेपछि मधेस प्रदेश सरकार बचाउमा उत्रेको छ । गत माघ ५ मा मन्त्री यादवले दिएको अभिव्यक्तिलाई लिएर आन्दोलन सुरु भइसकेको तथा राजीनामाको माग सबैतिरबाट भइरहेको बेला मधेस प्रदेश सरकार मन्त्री यादवको बचाउमा लागेको हो।

    प्रदेश सरकारमा राज्यमन्त्री रहेका योगेन्द्र राय यादवले माघ ५ गते नियोजित रुपमा २०/२५ जनाले गौरको विपि चौकमा आक्रमण गर्न खोजेको र केही गाडी तथा मोटरसाइकलमा जनमत पार्टीका कार्यकर्ताहरुले क्षति पुर्‍याएको भन्दै क्षतिपूर्ति नदिए प्रतिकार गर्ने चेतावनी दिएका छन्।  

    रौतहटको चन्द्रपुरमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री यादवले संघीय मन्त्री यादवले बलिदानी दिवस मनाउने क्रममा दिएको अभिव्यक्तिको आशय प्रचार गरेजस्तो नभएको भन्दै बचाउ गरेका छन्। त्यस दिन जनमतका कार्यकर्ताले धेरै गाडीमा क्षति पुर्‍याएको भन्दै क्षतिपूर्ति नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।  

    आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने राज्यमन्त्री यादवको भनाइ छ।  जनमत पार्टीका मुखिया सिके राउतले लगाउने कपडा र तिनको कपालप्रति कटाक्ष गर्दै प्रदेश राज्यमन्त्री यादवले दश लाखको सुटबुट लगाएर किसान आन्दोलनको नाममा राजनीति गर्न खोजेको आरोप पनि लगाएका छन्।

    पत्रकार सम्मेलनमा राज्यमन्त्री यादवले बोल्दै सबै समय संघीय मन्त्री यादवको बचाउ तथा सिके राउतको विरोधमा खर्च गरेका छन्। नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार