जनकपुरधाम । आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी एकता भएको छ ।
१२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनको लागि दुवै पार्टीले गठबन्धन घोषणा गर्दै आ-आफ्ना उम्मेदवारलाई साझा उम्मेदवारको रुपा प्रस्तुतसमेत गरेका छन् । बिहीबार जनकपुरधाममा दुवै पार्टीले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरे गठबन्धनको घोषणा गरेको हो ।
राष्ट्रिय सभा सदस्यको लागि अन्य कोटामा एमालेबाट उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रुपा यादवले उम्मेदवारी दिने भएका छन् । महिला कोटामा उम्मेदवारी दिएकी एमालेकी बिनादेवी साहले भने आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । पत्रकार सम्मेलनमा साहले पार्टीका आग्रहमा आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताइन् ।
गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठले राष्ट्रिय सभाको निर्वाचनको लागि भएको गठबन्धन अन्य निर्वाचनमा पनि जान सक्ने बताए । राष्ट्रियताको सवालमा एमाले र लोसपाबीच समानता रहेकोले विचारहरू मिल्दै गए भने गठबन्धन लामो समयसम्म टिक्ने उनले बताएका छन् ।
कार्यक्रममा लोसाका प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका संसदीय दलका नेतासमेत रहेको जितेन्द्र सोनलले मधेसको विषयमा अन्य राष्ट्रिय पार्टीभन्दा नेकपा एमाले राम्रो रहेको बताए । मधेस आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानको नागरिकता, संविधान संशोधनलगायतका विषयमा एमालेले सकारात्मक रहेकोले विगतमा लोसपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको उनको भनाई थियो ।
गठबन्धन घोषणा कार्यक्रममा एमाले नेता लीलानाथ श्रेष्ठ, जुली महतो, लोसमा सांसद परमेशर साह, जयनुल राइन, रानी शर्मा तिवारीलगायतको सहभागिता रहेको थियो । न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend