Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशको नामाकरणको चार दिनपछि महन्थ ठाकुरको धन्यवाद


    बिहिबार, माघ ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रदेश २ को नामाकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभा सदस्यहरूलाई धन्यवाद दिएका छ । 

    प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेश सभा सदस्यलाई बधाई र धन्यवाद दिएका हुन् । 

    ‘प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षाैंदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तिको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ,’ बिहीबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    विज्ञप्ति :

    मिति २०७८ माघ ३ गते प्रदेश–२ को प्रदेश सभाको बैठकले प्रदेशको राजधानी “जनकपुरधाम” र प्रदेशको नाम “मधेश प्रदेश” राख्ने एतिहासिक निर्णय गरेको कार्य स्वागत योग्य रहेको छ । यस एतिहासिक निर्णयको लागि प्रदेश सभा सदस्य ज्यूहरुलाई हार्दिक बधाईका साथै धन्यवाद समेत व्यक्त गर्दछु । । प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षाैदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तीको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ ।

    महन्थ ठाकुर
    अध्यक्ष

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार