Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मधेश प्रदेश: राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन


    बिहिबार, माघ ६ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ । 

    एमले) मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन् । 

    उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने सहमति भएको छ । 

    राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदै छ । 

    संयुक्त विज्ञप्ति 

    २०७८ माघ १२ गते संपन्न हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेश का भावनालाई मध्यनजर राख्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बिचमा सहमति भएको छ । सो सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव (साईकल छाप) लाई मतदान गर्न राष्ट्रिय सभाका मतदाता, नेता तथा कार्यकर्ताहरू, सम्पुर्ण समर्थक सुभेच्छकहरूका साथै सर्वसाधारण सबैमा अपिलका साथै जानकारीको लागि यो सयुक्त प्रेस बक्तव्य जारि गरिएको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार