धनगढी । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, प्रदेश उपसचिव तथा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले प्रदेश सरकार सदैव प्रेसमैत्री रहेको बताएका छन् ।
बुधबार समाजवादी प्रेस संगठन नेपाल कैलालीको प्रथम जिल्ला कमिटी तथा सपथग्रहण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले प्रदेश सरकार सदैव सञ्चारकर्मीका सबै समस्या समाधानका लागि प्रयत्नरत रहेको बताए । उनले आम सञ्चारकर्मीका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै आउँदा दिनमा प्रदेश सरकारले सञ्चारमैत्री नीति अवलम्वन गरेर अघि बढ्ने बताएका छन् ।
मन्त्री सोडारीले नेकपा (एकीकृत समाजवादी) मा देशभर प्रवेश गर्नेको लहर बढ्दै गएकाले आउँदो निर्वाचनमा पार्टीले तीनवटै तहमा पार्टी बहुमतका साथ विजयी हुने दावी गरेका छन् । उनले सुदूरपश्चिमका सबै स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।
समाजवादी प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद जैशीको अध्यक्षतामा भएको प्रथम जिल्ला बैठक तथा सपथ ग्रहण कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष भूपेन्द्र विकले गरेका थिए ।
कार्यक्रममा समाजवादी प्रेस संगठनका सस्थापक सदस्य एबम् पत्रकार महांसंघका केन्द्रीय सचिव हेमकर्ण विक, संस्थापक सदस्य मिन ठकुरी र हरि जोशीले समाजवादी प्रेस संगठन नेपालको संगठन विस्तारका लागि संगठनसँग आवद्ध सम्पूर्ण सबैले जोडदार रुपमा लाग्नुपर्ने धारण व्यक्त गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend