काठमाडौं । अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ ।
ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन् । यस बीचमा ठाकुरविरुद्ध प्रदेश २ का नेताहरूले नै धर्ना दिएका छन् ।
आपसी सहमतिविनै प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष बनाएको मात्रै होइन, सल्लाह नै नगरी १७ जिल्लामा अध्यक्षको जिम्मेवारी तोकेपछि लोसपामा विवाद भएको हो । जसकारण महतोलगायतका नेता असन्तुष्ट बनेका छन् ।
केन्द्रीय कार्यालय नै जान छाड्नुभयो नि ? न्युज कारखानाको प्रश्नमा महतोले जवाफ दिए, ‘हिजो¬¬–अस्ति व्यस्त भएकाले नभ्याएर नगएको हो, अब जानेछु ।’
प्रदेश २ का अध्यक्ष् देखि १७ जिल्लामा अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको विषयमा प्रतिक्रिया लिन खोज्दा महतोले हाँस्दै भने, ‘अध्यक्ष हुन्, अलिअलि त पेलिहाल्छन् नि, यो त अध्यक्षको धर्म नै हो नेपालमा । जे होस्, हामी मिलाउँदैछौं ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend