Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संविधान अनुसार वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत


    मंगलबार, माघ ४ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहभागी सत्ता गठबन्धनका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।

    प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार संविधान अनुसार समयमै चुनाव गर्न सहमत भएको छ । केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको मल्लले जानकारी दिए।  

    सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार