Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबारे बजारमा घर-टहरा नहटाउँदा सडक निर्माणमा समस्या


    सोमबार, माघ ३ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा पर्ने घर-टहरा नहटाउँदा सडक निर्माणमा समस्या भएको निर्माण कम्पनीले जनाएको छ । 

    पुस पहिलो साता मै सडक क्षेत्रमा पर्ने घरको पेटी, बरन्डा तथा टहराहरू हटाउन निर्माण कम्पनीले सम्बन्धित घरवालालाई जानकारी गराएको जनाएको छ । निर्माण कम्पनीका इन्जिनियर सुरज प्रसाद शाहले बजार क्षेत्रमा धमाधम काम भइरहेको बताए ।

    केही धनीले सडक क्षेत्रमा रहेको घरपेटी, बरन्डा र टहरा नहटाएका कारण निर्माण कार्यमा समस्या भइरहेको उनले बताए । स्थानीय सरकारसँग समन्वय गरी तत्काल हटाउनका लागि अनुरोध गरिरहेका शाहले बताए ।

    ‘यदि हटाउनु भएन भने सडकको मापदण्ड अनुसार काम गर्छौं,’ उनले भने ।  छथर गाउँपालिकाको कार्यपालिकाले निर्णय गर्दै सम्बन्धित घर धनीलाई मौखिक रूपमा जानकारी गराइएको जनाएको छ । गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले सिधुवा शुक्रबारे ओख्रे कालोपत्रे सडक निर्माण कार्य धमाधम भइरहेकाले स्थानीयलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार