Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनआरएनए विवादः घलेको नेतृत्वमा ७ सदस्यीय निर्वाचन उपसमिति गठन


    आइतबार, माघ २ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ ।

    संघको शनिवार बसेको ८१ औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । यसअघि संघका अध्यक्षका प्रत्यासी सहित पूर्वअध्यक्षहरुको बैठकले १० औं महाधिवेशन सम्पन्न गर्न ४ बुँदे सहमति गरेको बताएको छ ।

    सहमतिअनुरुप सो समितिलाई २६ जनवरीभित्र प्रतिनिधि विवाद मिलाउन जिम्मा दिइएको छ । समिति सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन ।

    त्यस्तै, बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने, २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ।

    समितिले आवश्यक ठानेमा कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउन सक्ने निर्णय भएको छ ।

    संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको बैठकले नयाँ नेतृत्वको लागि निर्वाचन २८ फेब्रोवरीको लागि तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार