Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफ्रिका कप अफ नेसन्स: सलाहको गोलमा इजिप्ट विजयी


    आइतबार, माघ २ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुडानलाई ३–१ अन्तरले पराजित गर्दै नाईजेरियाले  अफ्रिका कप अफ नेसन्समा लगातार दोस्रो जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा जितसँगै समूह ‘डी’ मा नाईजेरियाले लगातार दोस्रो निकालेको हो र शीर्षस्थानमा रहेको छ । 

    यता, अर्काे खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ । 

    समूह डी मा नाईजेरिया सत प्रतिशत जितसहित ६ अंक बनाएर शीर्षस्थानमा छ । २ खेलबाट ३ अंक बनाएको इजिप्ट दोस्रो स्थानमा रहँदा समान १ अंकका गिनी र सुडान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार