Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • लिपुलेकमा भएको सडक बिस्तार रोक्न भारतलाई माओवादी केन्द्रको आग्रह


    शनिबार, माघ १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लिपुलेकमा भएको सडक बिस्तार रोक्न भारतलाईे आग्रह गरेको छ ।माओवादी केन्द्रले नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न भारतलाई आग्रह गरेको छ ।

    माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

    माओवादीले भारतलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ ।’ त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले भनेका छन्, ‘नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गरोस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार