गुल्मी । नेपाली कांग्रेस गुल्मी गाउँ केन्द्रित अभियानमा जुटेको छ । सभापति खिलध्वज पन्थी नेतृत्वको कांग्रेसले नयाँ सोच, पद्धति र कार्यसम्पादनमा जोड दिएको छ ।
अभियानअन्तर्गत पहिलो कार्यक्रम गत २७ पुसमा ‘गुल्मी कांग्रेसको अठोट : सवल वडा सक्षम टोल’ अभियान ९३ वटै वडामा सकिएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै सभापति खिलध्वज पन्थीले काग्रेसका विचार र अभियानका बारेमा जानकारी दिए ।
उनले विधि र विधान पार्टीको प्राण भएकाले पहिलो काम पार्टी भित्रका पुराना सोच, पद्धति र क्रियाकलापलाई परिस्कृत गर्ने भएको बताए । त्यसका लागि नियमित बैठक, टोल समिति, भातृ सस्थाहरूको गठन र कार्यालय स्थापनासँगै प्रविधिमैत्री कांग्रेस बनाउने योजना रहेको पन्थीले बताए ।
उनले पार्टी, नेता र कार्यकर्ता निर्वाचन र अधिवेशनमा मात्र जागेर नपुग्ने भएकाले कांग्रेसले त्यसबाट हुने क्षतिको महसुस गरेर टोल र वडालाई सवल र सक्षम बनाउने अभियान थालेको बताए ।
‘टोल र वडा पार्टीका आधार हुन् । त्यही ठाउँमा पुगेर नागरिकका मसिना काममा केन्द्रित हुन्छौँ,’ उनले भने,‘ ठुला आमसभाभन्दा टोल भेलामा जोड दिएका छाैँ ।’
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend