Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रकाशमान सिंह भन्छन्- महाधिवेशन प्रतिनिधिको भावनालाई कदर गर्दै देउवालाई सघाएको हुँ


    बिहिबार, पुष २९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू नेतृत्व परिवर्तनका पक्षमा भएपनि महाधिवेशन प्रतिनिधिहरु पुरानै नेतृत्वको पक्षमा देखिएपछि उनीहरुको भावनाको कदर गर्दै शेरबहादुर देउवालाई सघाएको बताएका छन् ।

    बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री सिंहले कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिहरुको भावनाको कदर गर्दै शेरबहादुर देउवालाई सघाएको बताएका हुन् ।

    उनले भने, ‘म शुरुदेखि नै पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा थिएँ । त्यही एजेण्डा बोकेर प्रतिस्पर्धामा उत्रिएको हुँ । तर पहिलो चरणमा पुरानै नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार