लमजुङ । नेकपा एमाले जिल्ला कमिटी लमजुङमा ९० जना जिल्ला कमिटीमा ३१ जना महिला निर्वाचत भएका छन् । २३ देखि २६ पुससम्म भएकाे अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चयन भएका थिए । यस्तै, उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसहमत चयन भएका छन् । चार जनाबीच भएको उपसचिवको निर्वाचनमा भने जितबहादुर गुरुङ र जनकराज मिश्र निर्वाचित भएका छन् । साथै ९० जनाको जिल्ला कमिटीमा ३१ जना महिला समेत निर्वाचित भएका छन् ।
एमालेको आठौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले मत परिणाम घोषणापश्चात प्रमाणपत्र प्रदान गरेकाे छ । निर्वाचन कमिटीका निर्वाचन अधिकृत विमल अधिकारीका अनुसार पदाधिकारीहरूलाई अध्यक्ष मण्डलका संयोजक एवं गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले खादा लगाइदिएका थिए । निर्वाचन कमिटीका मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले प्रमाणपत्र प्रदान गरेका हुन् । प्रमाणपत्र वितरणलगत्तै अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले सपथ खुवाएका थिए । अध्यक्ष अधिकारीले अरु निर्वाचित पदाधिकारीलाई सपथ खुवाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले पार्टीलाई अझ मजबुत र शसक्त बनाउने जिम्मा नयाँ नेतृत्वको रहेको र जिम्मेवारी पूरा गर्न निर्देशन दिए । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले पार्टीलाई बलियो र मजबुत बनाउन लाग्ने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend