पोखरा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट गैह्रेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरी गैह्रे एमालेको जिल्ला अध्यक्ष बने ।
फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट एमाले छिरेका गैह्रेले पराजित गरेका मरासिनी प्रतिनिधिसभा सांसद समेत हुन् ।
गैरेले ४ सय ४० मत ल्याउँदा मरासिनीले २ सय ५७ मत मात्रै पाए । उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध चयन भए भने सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भए । उपसचिवमा विश्व पौडेल र तारा शर्मा विजयी भएका एमाले स्याङ्जाले जनाएको छ । पौडेल मरासिनी प्यानलबाट निर्वाचित भएका हुन् भने अरू सबै गैह्रेको प्यानलबाट चुनाव लडेका थिए ।
गैह्रेलाई केन्द्रीय सचिव पद्मा अर्यालको समर्थन थियो । मरासिनीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले समर्थन दिएका थिए । माओवादीबाट वैद्य समूहसँगै निस्किएका गैह्रे पुनः माओवादीमै फर्किएर रामबहादुर थापा बादलसँग एमालेमा मिसिएका हुन् ।
मरासिनी सुरुदेखि नै एमाले (केपी ओली गुट) मा थिए । ११ वटा पालिकाबाट आठौँ अधिवेशनको लागि ७ सय १० जना प्रतिनिधि छानिएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend