Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापा भन्छन्–पृथ्वीनारायण शाह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन् 


    मंगलबार, पुष २७ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज पुस २७ पृथ्वी जयन्ती । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकाले एकता दिवसका रुपमा मनाउन, सार्वजनिक बिदा दिनुपर्नेबारेमा बहस भइरहेका छन् । पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको कुराको बिरोध गर्दै एकता दिवस मनाउने कुराको छिटफुट बिरोध पनि भइरहेका छन् ।

    यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पृथ्वीनारायण शाहकै अभियानका कारण नेपालको भौगोलिक एकीकरण भएको सबैले स्वीकार गर्नुपर्ने उनले उल्लेख गरेका छन् । पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणकर्ता भएको थापाले सामाजिक संजालमा लेखेका छन् । 

    थापाले लेखेका छन्–‘पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको  विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ । तर, जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन । किनकि सत्य यही हो, आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो ।

    कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन् । पहिलो चरण भौगोलिक एकीकरण नै हो । भौगोलिक एकीकरण पश्चात् प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन् ।

    पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आबश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ । हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ । त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्याङकन गर्नुपर्छ ।

    ३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा आजको दिन सम्मानपूर्वक उहाँलाई सम्झदै र हामीले बनाएको संविधानको जगमा नेपालभित्रका सवै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गरौं ।’

    Screenshot (33).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार