Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल विजयी


    मंगलबार, पुष २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ओखलढुंगा । नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वालले ४०० मत ल्याए । उनलाई नेताहरु बालकृष्ण ढु‌गेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गरेका थिए ।

    पराजित भएका गुरुङले २७६ मत पाए । दुबै नेता ओली गुटका हुन् । नेकपा हुँदा उनीहरु संसद विघटनको पक्षमा उभिएका थिए । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गरेका थिए । 

    उपाध्यक्षमा भारी मतसहित हर्कबोल राई निर्वाचित भए । उनले ४१३ मत ल्याए । उनका प्रतिद्वन्द्वी रञ्जित धमलाले ३४६ मत ल्याए ।सचिवमा कमल न्यौपाने विजयी भए । उनका प्रतिद्वन्द्वि तिर्थराज सुवेदीले २९१ मत ल्याए । उप सचिवमा मणिराज राई र अशोक थापाले बाजी मारे । राईले ३५४ र थापाले ३३७ मत पाए ।

    अन्य सदस्यहरु यस अघि नै निर्वाचित भइसकेका छन् । ७५ जना सदस्यमध्ये सबैभन्दा कम उमेरका २४ वर्षीय युवा निशान श्रेष्ठ लोकप्रिय मत ल्याएर बिजयी भएका छन् । त्यस्तै झनक कार्की, उमेश कार्की, बुद्ध श्रेष्ठ, बलबहादुर परियार, दिनेश श्रेष्ठ लगायत युवाहरु खुल्ला सदस्यमा निर्वाचित भएका छन्। 

    अल्पसंख्यक कोटामा ३ युवाहरु निर्वािचत भएका छन् । दावा शेर्पा, हेम सुनुवार र रिञ्जी शेर्पा बिजयी  भएका छन् । पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको एमालेको ९औं जिल्ला अधिवेशनले बहुसंख्यक युवाहरुलाई पदािधकारीदेखि सदस्यसम्म निर्वाचित गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार