संखुवासभा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको खोल ओढेर केही व्यक्तिले एमालेको सरकार ढाल्ने काम भएको बताएका छन् । नेकपा एमाले संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको खोल ओड्नेहरूले सरकार ढाल्ने काम गरेको बताएका हुन् ।
वामपन्थीको खोल ओढ्ने दक्षिणपन्थीहरूले सरकार गिराउने काम गरेको उनको भनाइ छ । एमालेले देशमा ल्याएको विकासको लहर देख्न नचाहनेहरूले आफू नेतृत्वको सरकार ढालेको उनले आरोप लगाए ।
फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने भए पनि अहिलेको सरकारले चुनाव गर्ने कुनै सम्भावना नभएको उनको दाबी छ । अहिलेको सरकार सुशासनभन्दा लुटतन्त्रमा लागेको उनले बताए ।
अहिलेको सरकार स्थानीय तहलाई प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्रतर्फ लागेको ओलीको आरोप छ । गठबन्धनको सरकारले २०५९ सालमा जस्तै जनप्रतिनिधि विहीन बनाउन लागेको उनले आरोप लगाए ।
फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उनले बताए । ओलीले देश विकाशको अभिभारा एमालेको काँधमा आएको समेत बताएका छन् । वामपन्थी भन्ने माधव नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)हरू प्रतिक्रियावादीको खेमामा पुगेको आरोप लगाए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend