Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा (एमाले) इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित


    सोमबार, पुष २६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इलाम । नेकपा एमालेको इलाम जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न मतगणनाअनुसार अध्यक्षका प्रत्यासी डा. देवी क्षेत्री दुलालाई फराकिलो मतान्तरले हराउँदै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।

    इलाम नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेत डेढ महिना यता एमाले इलामको अध्यक्षको जिम्मेवारीमा थिए । तत्कालीन अध्यक्ष राम राना एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका थिए ।

    अध्यक्षमा निर्वाचित बस्नेतले ६९४ मत पाउँदा उनका प्रतिस्पर्धी दुलालले ६४ मत मात्रै प्राप्त गरेका छन् । जिल्ला कमिटीको उपाध्यक्षमा उदयबहादुर राई निर्वाचित भएका छन् । सन्दकपुर गाउँपालिकाको अध्यक्षसमेत रहेका राईले याम अधिकारीलाई हराएका हुन् । राईले  ६०८ र अधिकारीले १३७ मत प्राप्त गरेका छन् । सचिवमा उमेश गुरुङ निर्वाचित भएका छन् ।

    उनले प्रकाश अधिकारीलाई पराजित गरेका हुन् । गुरुङले ५२७ मत र अधिकारीले २२२ मत पाएका छन् । उपसचिवमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य निर्वाचित भएका छन् । सुवेदीले ४४४ मत र आचार्यले २७२ मत प्राप्त गरे ।

    दुई उपसचिवको लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए । उपसचिवमा पराजित भएका छवि श्रेष्ठले २५३, रमेश राईले १९७, सन्तराम योङहाङले १२७ र नरेश तामाङले ८८ मत पाएका छन् । पाँच पदाधिकारीसहित १०५ सदस्यीय कमिटीको चयनको लागि ७६३ जनाले मतदान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार