Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले बैतडीमा सहमति, पाल सर्वसम्मत अध्यक्ष चयन


    आइतबार, पुष २५ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएकाछन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो । 

    उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेकाछन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएकाछन् भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ । 

    जिल्लास्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताए । 

    राष्ट्रिय युवा संघ नेपाल आबद्ध युवाहरूको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा न. १०का वडाध्यक्ष देवेन्द्र कुवरले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार