Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले डडेल्धुराको अध्यक्षमा साउद


    आइतबार, पुष २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसहमत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।

    अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै सर्मथन गरेका थिए ।

    यस्तै उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार