ओखलढुंगा । एमाले जिल्ला कमिटीकाे नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने भएकाे छ । नेताहरूले सहमतिकाे प्रयास जारी रहेकाे बताए पनि फरक फरक समूहका नेताहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । आज मनाेनय तथा निर्वाचनकाे कार्यतालिका छन् ।
सुरुमा तीनजनाले अध्यक्ष पद दाबफ गरे पनि उम्मेदवारी दर्ता गर्ने समयसम्म दुईजनाले गरेका छन् । नेता सीताराम गुरुङ र वर्तमान सचिव शंकर कट्वालले उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीकाे विधानमा प्यानल बनाउन नपाइने भएकाले व्यक्तिगत भनिए पनि सबै पद समूहगत नै उम्मेदवारी परेकाे छ । मनाेनयकाे क्रम जारी रहेकाले अन्तिम नामावली आउन समय लाग्ने बताइएकाे छ ।
उपाध्यक्षमा संविधानसभाका सदस्य तथा अध्यक्षका दावेदार हर्कबाेल राईले मनाेनय गर्न राजी भएपछि गुरुङ र कट्वालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । अर्का उपाध्यक्षमा कट्वालकाे पक्षबाट रञ्जित धमला छन् ।
गुरुङकाे पक्षमा नेताहरू यज्ञराज सुनुवार, किशाेर अधिकारी, वर्तमान अध्यक्ष माेहन श्रेष्ठ छन् । कट्वालकाे पक्षमा अम्बीर गुरुङ, नानीबाबु बुढाथाेकी र बालकृष्ण ढुंगेल छन् ।
सचिवमा यसअघि प्रचार विभाग प्रमुख रहिरहेका अधिवक्ता तीर्थराज सुवेदी र कमल न्याैपाने भिड्दै छन् । उपसचिवमा वर्तमान उपसचिव मणिराज राई, केशव ढुंगेल, अशाेक थापा, सञ्जु श्रेष्ठ र भक्तबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । यीमध्ये सुवेदीलाई अधिकारी र सुनुवारकाे समर्थन र न्याैपानेलाई अम्बीर र बालकृष्णकाे समर्थन रहेकाे नेताहरू बताउँछन् ।
उपसचिवमा केशव ढुंगेल र अशाेक थापा छन् । ढुंगेल बालकृष्ण र थापा अम्बीरकाे काेटाका उम्मेदवार हुन् । अन्य उम्मेदवारमध्ये राई संसाद सुनुवार निकट हुन् भने अरु प्रष्ट खुलेका छैनन् । सदस्य पदहरूमा पनि धेरै आकांक्षी देखिएका छन् । धेरै आरक्षण काेटामा सहमति हुने भए पनि अन्य पदहरूमा भने निर्वाचन नै हुने देखिएकाे छ ।
एमाले अधिवेशनमा माओवादीबाट आएका नेताहरूकाे प्रदेश सांसद अम्बीर गुरुङसँग गठबन्धन गर्न पुगेपछि ओलि समूह छिन्नभिन्न भएकाे छ । १० बुँदे सहमति गरेर एमाले एकताकाे पक्षमा लागेका नेताहरू र ओली समूहका पुराना नेता जति जिल्लामा एकठाउँमा उभिएका छन् । कार्यकर्ताहरूले यही समूहलाई राजनीतिक मान्न सकिने प्रतिक्रिया दिएका छन् ।
अध्यक्षका दावेदार दुवै संसद् विघटनकाे पक्षमा ओली समूहमा लागेका नेताहरू हुन् । दुई नेताहरू दाबेदार भएपछि १० बुँदे पक्षधरले गुरुङलाई साथ दिँदा उनी मजबुत बनेकाे नेता कार्यकर्ता बताउँछन् । १० बुँदै पक्षधर नेताहरुलाई अध्यक्ष र सचिव दिइएकाे छैन । अध्यक्षका दाबेदार हर्कबाेल राईलाई उपाध्यक्ष दिइएकाे छ । उनी १० बुँदे पक्षधर हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend