Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले बैतडीको नेतृत्वका लागि पाल र चन्दको प्यानलसहित उम्मेदवारी दर्ता


    आइतबार, पुष २५ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी।  नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन अन्तर्गत सबै पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म दर्ता गरिएको छ । 

    पार्टीको जिल्ला पदाधिकारीका लागि सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानलसहित उमेदवारी दर्ता गराएका छन् । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उमेदवारी दिएका छन् । 

    यसैगरी चन्द प्यानलबाट उपाध्यक्षमा भरतसिंह महरा, सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उमेदवारी दिएका छन् । 

    सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो । 

    आजै बिहान ११ बजेबाट मतदान हुनेछ भने जिल्लाभरीबाट ५ सय ३५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार