काठमाडौं । शुक्रबार सुरु भएको नेकपा (एमाले)को जिल्लाका अधिवेशनहरुले धमाधम नेतृत्व चयन गरिरहेका छन् । शुक्रबार बालकोटबाट एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले जुममार्फत् एकैपटक जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । एमालेले जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको छ ।
बालकोटबाट ओलीले जिल्ला अधिवेशनको अध्यक्ष र सचिवको नामावली पठाइसकेको र त्यही अनुसार सर्वसम्मत रुपमा जिल्ला कमिटी घोषणा भइरहेका छन् । जिल्लाका कार्यकर्ताहरुको भावना विपरीत बालकोटले पठाएको सूची अनुसार धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुलीको नाम टाँस्न खोजेपछि इन्चार्ज तथा सांसद राजेन्द्र राईमाथि हातपात नै भएको छ । जिल्लाका ७० प्रतिशत कार्यकर्ता निरन राईलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा भए पनि बालकोटले छानेका पराजुलीलाई जबर्जस्ती तोक्न खोजेपछि राईमाथि हातपात भएको छ । कुर्सी नै तोडफोड भएका छन् ।
अहिलेसम्म बालकोटबाट पठाइएको सूची अनुसार १७ जिल्लामा एमालेका अध्यक्ष लगायत पदाधिकारी सर्वसम्मत चयन भएका छन् । जसअनुसार झापाको अध्यक्षमा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा चयन भएका छन् ।
त्यसैगरी सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बॉकेमा किस्मतकुमार कक्षपती, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङको अध्यक्षमा ऋषिकेश पोखरेललाई चयन गरिएको छ । काभ्रेमा अशोक ब्याञ्जु, मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ, भक्तपुरमा बचन देउजा, गुल्मीमा बालसिंह काउछा, खोटाङमा रामप्रसाद दंगाल र रूपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी सर्वसम्मत चयन भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend