Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओमिक्रोनको त्रास फैलिन थालेपछि उपत्यकाका सीडीओहरुको बैठक बस्दै


    शनिबार, पुष २४ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।कोरोना भाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । पछिल्ला केही दिनयता  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण निकै बढेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोनको संख्या दिनहुँ बढिरहेको बेला नेपालमा पनि यसको संक्रमण निकै देखिएको हो ।

     कोरोना संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरु बैठक बस्न लागेका हुन् ।

    काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्लाहरुको संयुक्त बैठक बस्नुअघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ । भोलि नै तीनै सीडीओले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने भएका छन् ।
    भोली आइतबार नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी रहेकोछ । हालसम्म नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार