सुनसरी । कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थ्ये ।
तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र केपी शर्मा ओली हुँदा माधव नेपालका सुनसरी मात्रै नभई पूर्वाञ्चलमा उनको दबदबा थियो । तर, आफ्नो शक्ति कमजोर बन्दै गएपछि आचार्य पार्टीको कार्यक्रममा देखिन छोडेका छन् ।
एमालेको दशौं महाधिवेशनबाट सचिव पदमा रहेका आचार्य सदस्य पदमा झरेपछि उनको शक्ति कमजोर देखिएको छ । शुक्रबार सुरु भएको जिल्लाको अधिवेशनमा उनी सहभागी भएनन् । इनरुवा नगरपालिकामा घर भएका उनी इनरुवाकै जेल मैदानमा शुक्रबारबाट सुरु भएको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा उनी देखा नै परेनन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट प्रदेश सांसदका रूपमा निर्वाचित आचार्य जिल्ला अधिवेशन हुँदा उपस्थित भएनन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष प्रमुख अतिथि हुने गरी तय गरिएको थियो । अध्यक्ष केपी ओलीले ६१ वटै जिल्लाका अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरे ।
उद्घाटन सत्रमा केन्द्रीय तथा प्रदेश तर्फका नेताहरूको जमघट हुँदा आचार्य भने सहभागी नै भएनन् । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, केन्द्रीय सदस्य तैयब हुसेन, तुलसी गौतम, भगवती चौधरी, जगदीशप्रसाद कुसियत, प्रेम दंगाल, लक्ष्मी गौतम ,अमृता सुब्बा मञ्जु भण्डारी, इन्दु गौतम लगायत नेताहरूको सहभागिता थियो ।
घरमै बसेका आचार्य किन आएनन् भन्ने प्रश्न आमनेता तथा कार्यकर्तामा थियो । त्यसो त आचार्य कार्यकर्ता माझ खुलेर नबोल्ने स्वभावका उनी घरमै बसेर आफ्नो शक्ति देखाउन लागि परेका छन् । उनी जसरी भए पनि रेवतीरमण भण्डारीलाई अध्यक्षमा रोकेर सहमतिका नाममा खेमराज पोखरेललाई सर्व सहमत गरेर गृह जिल्लामा शक्ति देखाउन लागेका हुन् ।
विगतको विरासतलाई कायम गर्न र केन्द्रका नेतालाई टक्कर दिन उनी भण्डारीलाई अध्यक्ष हुन नदिन लागि परेका हुन् । आफू जिल्लाको कार्यक्रममा नदेखिएर निकटका लोकेश निरौला र नन्द बस्नेतलाई पदाधिकारीमा राख्नका लागि लबिङ गरिरहेका छन् । पोखरेललाई अध्यक्ष बनाउन सके निरौला र बस्नेत सुरक्षित रहने बुझेर उनी त्यता लागेका हुन् ।
२०७५ अगाडि सुनसरीमा उनको पक्षमा राम्रो मत थियो । तर, नेकपा विभाजन पछि भने ओली पक्षको राम्रो प्रभाव पर्दै आएको छ । जसको असर सिधै आचार्यमा देखिएको हो । विवादास्पद अवस्थामा जिल्ला अध्यक्ष भएका पोखरेललाई पुनः दोहोर्याउन सके आफू बलियो हुने संकेतसमेत देखाएका छन् उनले ।
स्राेत अनुसार निरौला र बस्नेतको पक्षमा बाहिर देखिएर समर्थन गर्नुभन्दा भित्रबाटै रणनीतिक योजनामा आचार्य छन् । आचार्यले निरौला र बस्नेतलाई पार्टीको हरेक कार्यक्रममा अगाडि सार्ने गरेकाे आरोप लाग्दै आएको छ । त्यसैकारण पनि उनी घरमा नै बसेको स्राेतले बतायो ।
अधिवेशनकाे बन्द सत्र आजबाट सुरु भएको छ । बन्द सत्रबाट आगामी तीन वर्षे नेतृत्व टुंगाे लाग्नेछ । वर्तमान अध्यक्ष खेमराज पोखरेल, पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी, संविधान भा सदस्य रेवतीरमण भण्डारी र पार्टी प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाईँ अध्यक्षका दाबेदार छन् ।
चौधरी र चौलागाईँले अध्यक्षमा पोखरेल सर्वसहमत भए उम्मेदवारी फिर्ता लिने बताएका छन् । तर, भण्डारी अध्यक्ष हुने देखिए उनीहरू दुवैले उमेदवारी दिने बताएका छन् ।
अध्यक्षका आकांक्षी चारै जना यसअघि नेकपा विभाजनको अवस्थामा पुग्दा ओली समूहमै रहेर काम गरेका नेता हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend