अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् । सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् ।
लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ । रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ । सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बताए ।