काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
छलफलमा प्रधानमन्त्री देउवाले संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिए ।
स्वास्थ्य मन्त्री बिरोध खतिवडाका अनुसार कोभिडविरुद्धको खोप लगाउने कामलाई थप तिब्रता दिन प्रधानमन्त्रीले निर्देशन दिए ।
नागरिकको जीवनरक्षा बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।
मन्त्री खतिवडाका अनुसार बैठकमा स्मार्ट लकडाउनबारे समेत छलफल भएको थियो । तर अवस्था हेरेर पछि निर्णय लिनेबारे छलफल भएको थियो ।
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए ।
आजको बैठकमा कोभिडको बढ्दो दर र विश्वमा कहाँ-कहाँ ओमिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend