Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल


    शुक्रबार, पुष २३ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन् । अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

    अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहईन्चार्ज गणेश सेजुवालले दिएको जानकारी अनुसार सबै पदाधिकारी  र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन् । उनका अनुसार उपाध्यक्षमा रोशन शाही लगायत अन्य २ जना चयन भएका छन् ।

    त्यस्तै सचिवमा लेखराज परियार सहित ४१ सदसिय समिति चयन भएको सेजुवालले जानकारी दिए । कर्णाली प्रदेश सभाका सदस्य तथा विधान समितिका सभापति दान सिंह परियारको प्रमुख आतिथ्यमा सभा उद्धघाटन भएको थियो भने समितिले जिल्लामै पहिलो पटक र्‍यालीसहित अधिवेशन सम्पन्न गरेको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार