इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलको नेता सुवास नेम्वाङले सत्तापक्षको गठबन्धन दुई मिनेट पनि सँगै बस्ने अवस्थामा नभएको बताएका छन् । एमाले बलियो भएकाले विरोधीहरू एक ठाउँमा उभिएको उनको भनाई छ ।
इलाममा नेकपा एमालेको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले एमालेलाई हेरेर मात्रै गठबन्धन एक ठाउँमा रहेको टिप्पणी गरे । गठबन्धन एमालेलाई सिद्ध्याउन लागेको भन्दै नेम्वाङले भने,‘निषेधको राजनीति गर्नु हुँदैन । राजनीतिमा बदलाको भाव राख्नुहुँदैन ।’
नेता नेम्वाङले सत्तापक्षले प्रतिपक्षी विहीनताको कल्पना गरेको आरोप लगाएका छन् । ‘सत्तापक्षका नेताहरूले प्रतिपक्षीलाई यो ढंगले आलोचना गरेको अन्त कतै देख्नु भएको छ ? प्रतिनिधिसभामा रहेका एमालेको सांसदले हिँडे हुन्छ भन्नु हुन्छ । यो कस्तो भनाई हो ?’, नेम्वाङले थपे, यो कस्तो खालको सोचाई हो ? कस्तो तरिका हो ? सत्तापक्ष प्रतिपक्ष विहीनताको कल्पना गर्दै हुनुहुन्छ ।’
अहिलेको सरकारले एउटा पनि सुल्टो काम नगरेको नेम्वाङले बताएका छन् । ‘सरकारले एउटा पनि सुल्टो काम गरेको छैन, पहिलेको सरकारले गरेको काम उल्टाउने बाहेक अरू केही गरेको छैन’, नेम्वाङले थपे,‘अदालत काम गर्न नसक्ने अवस्थामा छ, संसद्ले सिन्को पनि भाँच्न सकेको छैन, राज्यका तीनै अङ्ग काम गर्न नसक्ने अवस्थामा छन् ।’ ओली सरकारले प्रतिगमन गरेको र त्यसलाई सच्याएको दाबी गर्ने दलहरूले मुलुकलाई अहिलेको अवस्थामा पुर्याएको नेम्वाङको आरोप छ ।
उनले नेपालजस्तो मिश्रित प्रणाली अपनाएको मुलुकमा गठबन्धन अचम्मको कुरा नभएको भन्दै नेम्वाङले अहिलेको गठबन्धनलाई दूषित गठबन्धन भएको टिप्पणी गरे । ‘गठबन्धन एउटा मान्यतामा आधारित हुन्छ, अहिले गठबन्धनमा भएका साथीहरू चुनावमा कहाँ कहाँ उभिनु भएको थियो ?, विपक्षी ध्रुवमा उभिएकाहरूको यो गठबन्धन दूषित गठबन्धन हो ।’
नेकपा एमालेका नेता नेम्वाङले अहिले सबैको दृष्टि एमालेमा रहेकाले एमालेलेका नेता कार्यकर्ता विनम्र र जिम्मेवार बन्न उनले कार्यकर्तालाई निर्देशन दिए र चुनावी तयारीमा जुट्न आग्रह गरे । दशौँ जिल्ला अधिवेशनमा एमालेका केन्द्रीय सदस्य राम राना, तारा गुरुङ, अगम वान्तता लगायतले बोलेका थिए । उद्घाटन सत्रमा पार्टीमा योगदान गर्ने ४५ जनालाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । अधिवेशनमा ६०८ जना प्रतिनिधि सहभागी छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend