बागलुङ । एमाले जिल्ला कमिटी बागलुङको आगमी नेतृत्वको लागि तीनजनाले आकांक्षा व्यक्त गरेका छन् ।
एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश कमिटी सदस्य हीराबहादुर केसी र प्रदेश कमिटी सदस्य ममतादेवी शर्माले अध्यक्षको दाबी प्रस्तुत गरेका हुन् ।
तीनैजना आकांक्षीले पार्टी सदस्य वृद्धि, संगठन विस्तार, पार्टी कार्यालय निर्माण, तीनै तहका निर्वाचनमा पार्टीलाई विजय बनाउने आधार, नयाँ रोजगारी सृजना, उत्पादन वृद्धि तथा आप्रवासीलाई घर फर्काउने मुद्दा प्रस्तुत गरेका छन् ।
एमालेले २३ र २४ पुसमा देशैभर एक साथ जिल्ला अधिवेशन गर्दैछ । अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका आकांक्षीहरू प्रतिनिधि भेटघाटमा व्यक्त छन् । यद्यपि तीनैजना आकांक्षीले सर्वसम्मतको प्रयास जारी रहेको उल्लेख गर्दै आएका छन् ।
जिल्लामा अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । नेतृत्व तथा पदाधिकारी र सदस्यमा आकांक्षीहरू प्रचार प्रसारमा जुटेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै प्रतिनिधिसँग भोटको अपिल गरेका छन् ।
कार्यबाहक अध्यक्ष पाठकले आफू प्राकृतिक रूपमै अध्यक्षको उम्मेदवार हुने बताए । दुई आकांक्षी प्रदेश कमिटीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै उनले आफ्नो नाममा सहमति हुनेमा आसा व्यक्त गरे । ‘म युवा, बुढापाका सबै नेता कमरेडहरूसँग काम गरेको छु’ उनले भने, ‘सबैलाई मिलाएर जाने, पार्टी संगठनलाई मजबुत बनाउनका लागि म सक्षम छु ।’
अध्यक्षका अर्का आकांक्षी हीराबहादुर केसीले वैदेशिक रोजगारमा रहेको पाँच सय युवालाई स्वदेशमा फिर्ता गरी सीपअनुसारको रोजगारमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरे । केसीले जिल्लाव्यापी रूपमा पार्टी सदस्यको संख्यामा व्यापक वृद्धि गर्ने महत्वाकांक्षी योजना प्रस्तुत गरेका छन् । केसीले १२ हजार संगठित सदस्य तथा ६२ हजार पार्टी सदस्य वृद्धि गर्ने बताए । एमाले जिल्ला कमिटीमा साढे पाँच हजार पार्टी संगठित सदस्य छन् ।
अध्यक्षका आकांक्षी ममतादेवी शर्माले पनि बीस हजार पार्टी सदस्यता विस्तार, पार्टी कार्यालय निर्माण, जनसंगठन चुस्तदुरुस्त बनाउँदै पार्टीलाई पहिलो शक्तिको रूपमा विकास गर्ने योजना प्रस्तुत गरेकी छन् । महिला नेतृत्व स्थापित गर्न आफ्नो उम्मेदवारी हुने उनको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend