Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले मोरङमा नेतृत्वकाे टुंगाे लाग्याे, अब ताली बजाउन मात्र बाँकी


    शुक्रबार, पुष २३ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । नेकपा (एमाले) मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेकाे छ । वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुन: दोहोरिने गरी सहमति भएकाे एक नेताले बताए ।

    उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दाेहाेरिने भएका हुन् ।  उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । ‘नयाँ नेतृत्वकाे टुंगाे लागिसकेकाे छ, अब ताली बजाउन मात्र बाँकी छ,’ एक नेताले भने ।

    उपसचिवमा भने केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उनी एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बसेकी थिइन् ।

    पदाधिकारीमा एक महिला अनिवार्यकाे व्यवस्था विधानमै रहेपछि उनलाई ल्याउने तयारी गरिएको हो । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उनलाई उपसचिव बनाउन लागिएको हो ।

    उपसचिवमै  सन्तोष साहलाई ल्याउने तयारी छ । एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले पनि सर्वसम्मतै नेतृत्व चयन हुने बताए । 

    १ सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार