पाँचथर । नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको आठौँ अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । आज दिउँसो फिदिमस्थित जिल्ला समन्वय समितिको कभर्डहलमा सुरु हुने अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको हो ।
जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन तथा ब्यवस्थापन, अधिवेशनस्थल ब्यवस्थापन लगायतका सम्पूर्ण काम सम्पन्न भएको एमाले पाँचथरको आठौँ जिल्ला अधिवेशन ब्यवस्थापन समितिका संयोजक एवं फिदिम नगरपालिका वडा नं. १ का वडाध्यक्ष गजाधर भट्टराईले जानकारी दिए ।
एमाले पाँचथरको अधिवेशनमा भौगोलिक तथा गैरभौगोलिक क्षेत्र र जिल्ला सम्मेलन आयोजक समितिका सदस्य गरी कूल ६०७ जना प्रतिनिधि सहभागी हुनेछन् । जिल्लाका आठ वटा स्थानीय तहका ६० वडा, पाँचथर–काठमाडाैं सम्पर्क मञ्च तथा जिल्लास्थित भातृ संगठनका तर्फबाट प्रतिनिधि चयन भएका हुन् ।
एमालेको जिल्ला कमिटीमा पाँच जना पदाधिकारी र ७० जना सदस्य निर्वाचित हुनेछन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक-एक जना तथा उपसचिव दुई जना रहने छन् । पदाधिकारीमा आरक्षणको व्यवस्था गरिएको छैन । सदस्य भने भौगोलिक, खुल्ला र आरक्षण समूहबाट निर्वाचित हुने एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिए ।
भौगोलिकमा जिल्लाका सात वटा गाउँपालिकाबाट एक महिला र दुई पुरुष गरी तीन जना तथा फिदिम नगरपालिकाबाट दुई महिला र चार पुरुष गरी ६ जना सदस्य निर्वाचित हुनेछन् ।
एमालेमा सहमतिमा नयाँ नेतृत्वसहित जिल्ला कमिटी चयन हुने सम्भावना छ । एमालेका केन्द्रीय सदस्य, पाँचथर जिल्ला इन्चार्ज समेत रहेका पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना गरिएको हो ।
एमाले पाँचथर अध्यक्षमा भण्डारी पुनः निर्वाचित हुने निश्चितजस्तै छ । हालसम्म अध्यक्ष पदमा अर्का दाबेदार नै देखिएका छैनन् । बाँकी पदमा भने धेरै आकांक्षी देखिएपनि खुल्न सकेका छैनन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend