इलाम। नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशन आजदेखि इलाम सदरमुकाममा सुरु हुँदैछ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेको तयारी भएपछि आकाक्षीको संख्या धेरै हुँदा नेतृत्व सर्वसम्मत गर्न निकै सकस पर्ने देखिन्छ । मुख्य पदमा मात्रै होइन जिल्ला कमिटीको पदाधिकारी हुन चाहाने आकाक्षीको सूची लामै छ ।
नेकपा एमालेको जिल्ला अध्यक्षको लागि तीन जना आकाक्षी छन् । वर्तमान अध्यक्ष महेश बस्नेतसहित नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाले अध्यक्षको चाहाना राखेका छन् । एमालेको गत महाधिवेशनबाट जिल्ला अध्यक्ष राम राना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी अध्यक्षमा चयन भएसँगै तत्कालीन सचिव बस्नेतले जिल्ला अध्यक्षको जिम्मेवारी पाएका हुन् । इलाम नगरपालिकाका प्रमुख समेत रहेका बस्नेत सबैभन्दा बलियो दाबेदार मानिन्छन् ।
एमालेभित्र पुरानो नेता मानिने नरेन्द्रनाथ भट्टराई अध्यक्षको अर्का दाबेदार हुन् । यसअघि उनी उपसचिव थिए । भट्टराई आठौँ जिल्ला अधिवेशनमा अध्यक्षको दाबेदार थिए । तर, उनी मणिकुमार लिम्बुसंग पराजित भएपछि एमाले त्यागेका थिए ।
अध्यक्षका दाबेदार बस्नेत र भट्टराईबीच सहमति गराउने केन्द्रीय नेतृत्वले समेत प्रयास गरिरहेको बुझिएको छ । ‘माथिल्लो नेतृत्वले हामी बीच सहमतिको प्रयास गर्दैछ, उहाँहरू सँग सहमतिका आधार मैले पनि राखेको छु’, भट्टराईले भने,‘अहिले पार्टी संकटमा छ, यस्तो अवस्थामा चुनावमा नजाऔँ जसले जसलाई छोडेपनि सर्वसम्मत गरौँ भन्ने पक्षमै छु, पार्टी भित्रको अवसर र ठाउँ बाँडेर जाँदा सहमति हुन्छ ।’
अध्यक्षका अर्को दाबेदार डा. देवी क्षेत्री दुलाले भने सहमति भएमा आफू बाधक नहुने बताउँछन् । बस्नेत र भट्टराईबीच सहमति भए आफू पछि हट्न तयार रहेको तर सहमति नभए आफू पनि चुनावमा जाने क्षेत्रीको भनाइ छ । ‘सर्वसम्मति र त्यसको विकल्प धेरै छन्’,उनले भने, ‘सहमति भए एक जनाले पार्टी चलाउनु र अर्कोले प्रदेश कमिटीमा गएर पछि संसदीय चुनावमा उठ्नु भन्ने मेरो सल्लाह हो ।’
त्यस्तै उपाध्यक्षका लागि काजीमान कागते, उदय राई, रत्न अधिकारी, ओमनारायण खनाल, शोभा पराजुली लगायतको नाम चर्चामा छ । एक उपाध्यक्षको लागि धेरै जनाले चाहाना राखेकाले नेतृत्वमा सर्वसम्मत गराउन सकस पर्ने देखिन्छ ।
पदाधिकारीमा सबैभन्दा धेरै आकाक्षी सचिव पदका छन् । पार्टी संगठनभित्र महत्त्वपूर्ण मानिने सचिवका लागि पाँच भन्दा बढी आकाक्षी छन् ।
वर्तमान उपसचिव उमेश गुरुङ, प्रचार विभाग प्रमुख प्रकाश अधिकारी, जिल्ला कमिटी सदस्य गोपाल नेपाल, जिल्ला कमिटी सदस्य बुद्धिप्रसाद खनाल, कार्यालय सचिव रवीन्द्र अधिकारी सचिवको दाबेदार हुन् । अधिवेशनको दिनसम्ममा सचिवको आकाक्षी बढ्न सक्ने एमाले स्रोतले जनाएको छ । सचिवका आकाक्षी धेरै हुँदा सर्वसम्मत गराउन एमालेलाई धौ धौ पर्ने देखिन्छ ।
दुई उपसचिव पदका लागि पनि दर्जनभन्दा धेरैले आकाक्षा राखेका छन् । एमालेले जिल्ला अध्यक्ष सहित पदाधिकारी हुन लाई दुई कार्यकाल जिल्ला कमिटीमा रहेको या एक कार्यकाल सचिवालयमा रहेर काम गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।
जिल्ला सदस्य हुनको लगि एक कार्यकाल जिल्ला विभाग या एक तहको मुनिको कमिटीमा एक कार्यकाल काम गरेको हुनुपर्नेछ । तर, अन्य पार्टीबाट एकीकरण मार्फत आएकाहरूको हकमा भने सो समय सीमा लागू हुनेछैन ।
दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनबाट नेतृत्व चयनको लागि ८०६ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुँदैछन् । सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा आयोजना गरिने अधिवेशनमा पार्टीको राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत र छलफल सकिएपछि मात्र नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन हुने कार्यतालिका रहेको छ ।
२००६ मा कम्युनिस्ट पार्टीको स्थापना भएसंगै इलाममा पनि वामपन्थी गतिविधि भएको शुरु भएको हो । २००९ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेपछि अखिल नेपाल किसान संघको नाममा जिल्ला कम्युनिस्ट पार्टीको गतिविधि भयो । २०१२ सालमा ज्ञानीराम भट्टराईको नेतृत्वमा कम्युनिस्ट पार्टीको संगठन बनेको थियो ।
२०२७ सालमा जीवन मगरको नेतृत्वको कोअर्डिनेशन केन्द्र बनेपछि त्यसलाई रत्नकुमार बान्तवा, प्रदीप नेपाल, जीवन मगरहरूले नेतृत्व गरे । त्यसपछि अगम बान्तवा, चक्र निरौला, देवराज घिमिरेहरूले पार्टीको नेतृत्वमा रहे । २०५० सालको अधिवेशनपछि दुई पटक पदम भण्डारी, अगम बान्तवा टंक भट्टराई, मणि कुमार लिम्बुले नेतृत्व समालेका थिए । एमालेमा अध्यक्षात्मक प्रणाली शुरु भएपछि मणिकुमार लिम्बु र राम रानाले जिल्ला अध्यक्ष भइसकेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend