सुनसरी। नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ ।
सुनसरी एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि भने तीन नेताहरूले आकाङ्क्षा राखेका छन् । अहिले देखिएका अनुहार भने कुनै नयाँ होनन् । जो यस अघि जिल्लाको पदाधिकारीमा बसेर काम सकेका छन् ।
अध्यक्षमा दाबी गर्ने मध्ये पूर्व संविधान सभा सदस्य रेवती रमण भण्डारी हुन् । उनी यस अघि तत्कालीन नेकपा हुँदा केपी ओली पक्षले पार्टीको जिल्ला अध्यक्ष तोकेको थियो । नेकपा विभाजित भएर एमाले बनेसँगै उनलाई १० बुँदेको वकालत गर्दै आएका जिल्लाका नेताले नेतृत्व मान्न तयार नभएपछि भण्डारीले अध्यक्ष छोडेका थिए । उनी इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।
त्यस्तै अर्का अध्यक्षका आकाङ्क्षी हुन् । हाल जिल्ला अध्यक्ष खेमराज पोखरेल ।
यस अघि जिल्ला उपाध्यक्षमा बसेर काम गरिसकेका पोखरेल अध्यक्ष दोहोर्याउने दाउमा छन् । पोखरेल पार्टी प्रदेश कमिटी सदस्य तथा तत्कालीन केपी ओली सरकारले बनाएको सुकुम्वासी आयोग जिल्ला अध्यक्षसमेत थिए । नेकपा विभाजित भएपछि उनले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।
केपी ओली पक्षले भण्डारीलाई अध्यक्ष बनाए पनि फरक मत राख्नेले पोखरेल अध्यक्ष हुनु पर्ने माग गरेका थिए । जिल्लामा देखिएको पार्टी भित्रको द्वन्द्वलाई निरुत्साहित पार्न दुवै पक्षका नेता तथा कार्यकर्ताले पोखरेललाई अध्यक्ष मानेका हुन् ।
त्यस्तै अध्यक्षका अर्का आकांक्षी हुन्, इटहरीका मेयर द्वारिकलाल चौधरी ।
पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका चौधरी स्थानीय तहको चुनाव अघि जिल्ला अध्यक्ष हुन् । उनी प्रदेश कमिटी सदस्य समेत छन् ।
विवादित रूपमा चर्चामा आइरहने मेयर चौधरीले जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल सकिन लागेको भन्दै पार्टीमा रहेर सक्रिय राजनीति गर्ने चाहेको बताउँछन् । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend