Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले काठमाडौं अधिवेशनको तयारी पूरा


    बिहिबार, पुष २२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । 

    कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । 

    जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । 

    काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो । शुक्रबार (२३ पुस)मा उद्घाटन हुने जिल्ला अधिवेशनमाा नेतृत्व चयनका लागि २४ गते राष्ट्रिय सभा गृहमा २४ पुस शनिबार बन्द सत्र हुनेछ । न्युज कारखाना 

    bigepti.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार