इलाम।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् । इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’
एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको छ । शर्माले कुनै अथोरेटीले (सभामुखले) गरेको निर्णयमा असहमति राख्न पाइने भए पनि त्यसलाई मान्नुपर्ने बताए ।
एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उनले आत्मसमीक्षा गरेर संसद चल्न दिने महामन्त्री शर्माको विश्वास छ । ‘यो हामी सबैले स्थापित गरेको प्रणालीको कुरा हो’, उनले भने, ‘उहाँ (ओली) ले दृढताको साथ आत्मासाथ गर्नुहुनेछ र संसदलाई नियमित र विधिसम्मत काम गर्न दिनुहुनेछ ।’
नेतृत्वको विधिसम्म कार्य गर्न जरुरी रहेको भन्दै शर्माले सरकारले बोलाएको बैठकमा ओली अनुपस्थित रहेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘गम्भीर राष्ट्रिय विषयमा संवाद गर्न बोलाउँदा उहाँ नआउने, सर्वदलीय बैठक बहिस्कार गर्ने भइरहेको छ’, शर्माले थपे, ‘उहाँ प्रधानमन्त्री भएको बेला कांग्रेस सभापति एउटा बैठकमा तर्कको साथ उपस्थित हुनु भएन, उहाँले बोलाएको सबै बैठकमा सभापति आलोचना सहेर भए पनि जानु भएको छ, हामीले पनि बैठकमा सभापतिलाई प्रधानमन्त्रीले बोलाएको बैठकमा जान सुझाएका थियाैँ ।’
गठबन्धनको सन्दर्भमा भने कांग्रेसले ठिक समयमा ठिक निर्णय लिने महामन्त्री शर्माकाे टिप्पणी छ । ‘गठबन्धन आगामी निर्वाचनमा पनि यसरी नै हुनेछ भन्ने ठोकुवा गर्न मिल्दैन’, उनले भने,‘कांग्रेसमा विधिवत् छलफल नभइकन आगामी निर्वाचनमा गठबन्धन हुनेछैन भन्न पनि मिल्दैन, हामी ठिक समयमा ठिक निर्णय लिन्छौ ।’
अहिलेको गठबन्धनले आफ्नो दायित्व पूरा गर्नुपर्ने महामन्त्री शर्माको धारणा छ । ‘हामीलाई सरकार चलाउने म्यान्डेट थिएन, प्रतिपक्ष बस्ने नै हामीले म्यान्डेट पाएका हौँ’, उनले थपे, ‘म्यान्डेट पाएकोले सरकार चलाउन सकेन, म्यान्डेट खण्डित भएपछि हामी सरकारमा गएका हौँ।’
सञ्चारकर्मीले डा. शेखर कोइरालाको वरीयताको सम्बन्धमा गरेको प्रश्नमा महामन्त्री शर्माले डा. शेखर कोइराला केन्द्रीय सदस्यको एक नम्बरमा सूचीमा रहेका बताए ।
‘पदाधिकारी पूर्वपदाधिकारीको कुरा फरक भयो उहाँ (कोइराला) केन्द्रीय सदस्यहरूको एक नम्बरमा हुनुहुन्छ’, सभापति देउवाले पार्टीभित्र सबैलाई मिलाएर लैजाने महामन्त्री शर्माकाे दाबी छ, ‘सभापतिले मत दिनेलाई पनि नदिनेलाई पनि मिलाएर जान्छु भन्नुभएको छ । ३०/३२ जना मनोनीत गर्ने ठाउँमा १२ जना मात्रै मनोनीत गर्नु भएको छ । उहाँलाई भोट नहालेका प्रतिस्पर्धी समूहमा रहेकाहरूलाई पनि मनोनीत गर्नुहुन्छ ।’
महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीकाबारेमा भने अध्ययन समितिको रिपोर्ट आएपछि मात्र के गर्ने भन्ने टुङ्गो लाग्ने प्रतिक्रिया दिएका छन् । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend