Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छु: यादव


    बिहिबार, पुष २२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेसनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यवाट पदमुक्त नगरे अदालत जाने डा. सुवासचन्द्र यादवले बताएका छन् ।

    क्रियाशिल सदस्यता लिएकाे १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधाननको प्रावधानविपरीत चौधरीलाई ‘बलमिच्चाई गरेर’ विजयी बनाएको भन्दै उनीसँग पराजित यादवले न्याय नपाए अदालत जाने बताएका हुन् ।

    ‘चौधरीजीले मनाेनयन दर्ता गर्ने बेलामा नै मैले उजुरी दिन खोजेको थिएँ तर मेरो उजुरी त्यो बेला लिइएन, त्यसपछि निर्वाचन समितिमा संयोजक कृष्णगोपाल घिमिरेलाई उजुरी लिन नमानेको बारेमा जानकारी गराएँ,’ यादवले न्युज कारखानासँग भने, ‘तर, उहाँले विधानले नदिए पनि पार्टीबाट लेखाएर आउनु भएको छ भन्ने कुरा गर्नुभयो, मैले भने कसैले लेखाएर हुने भए विधान किन बनाउनु पर्‍याे तर उहाँले कुनै जवाफ दिनु भएन ।’

    उनका अनुसार १६ मंसिरमा दिएको उजुरी कांग्रेस केन्द्रीय कार्यालयले १ सय ३५ दर्ता नम्बरमा चार दिनपछि अर्थात २० पुसमा दर्ता गरेको छ ।
    चौधरीको उम्मेदवारीविरुद्ध अरु कसैले पनि उजुरी गरेको तर निर्वाचन समितिले सुनवाई नगरेको जानकारीमा आएको उनले जनाएका छन् ।

    ‘उहाँको उम्मेदवारीविरुद्ध अरुले पनि उजुरी गरेका रहेछन् तर निर्वाचन समितिले कुनै सुनवाई गरेन, त्यसबेला सुनवाई नगरेको र विजयी भएपछि पनि सुनवाई नगरे पछि म निर्वाचन आयोग गएको हुँ,’ यादवले भने, ‘आयोगले आन्तरिक मामिला भने पनि उजुरी भने दर्ता गरेको छ, यदी आयोगले पनि निकास दिएन भने म अदालत जानेछु ।’

    निर्वाचन आयोगले यादवको उजुरीलाई दर्ता नम्बर ११२६ मार्फत सम्बाेधन गरेको छ ।

    मधेसी खुलातर्फका उम्मेदवार यादव छैठौँ स्थानमा रहेर पराजित भएका थिए तर १० वर्ष क्रियाशिल सदस्यता नभएका चौधरीलाई उम्मेदवार मात्रै नभई विजयी पनि बनाएको भन्दै यादवले कांग्रेसको निर्वाचन समिति, सानेपा र निर्वाचन आयोग, कान्तिपथ दुवैमा लिखित उजुरी हालेका हुन् । 

    270581926_1597315737296834_4569118599742264589_n.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार