Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन : कमल थापा


    बुधबार, पुष २१ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयनको विरोध गरेका छन् । 

    सामाजिक सञ्जाल मार्फत् पूर्व अध्यक्ष थापाले राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन गरिएको भन्दै भर्त्सना गरेको उल्लेख गरेका छन् । 

    ३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको उनको भनाइ छ । मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको थापाको भनाइ छ । जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दूर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ । 

    मंगलबार अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनित गरेका थिए ।

    kamal-thapa.jpg-3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार