विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाको गृहजिल्ला सुनसरी आएर सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार महामारी नियन्त्रणमा सफल भएकाले अहिलेको सरकार सफल भएकोसमेत दाबी गरे । उनले राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने जिकिर गरे ।
राष्ट्रिय सभाको चुनाव मा मात्रै कि आउने चुनावमा पनि गठबन्धन कायमै हुन्छ भन्ने सञ्चारकर्मीको जवाफमा उनले पास्नीको समयमा पास्नीको शुभकामना दिनुपर्ने बताए । पास्नीमा गएर विवाहहको शुभकामना दिन नहुने भन्दै उनले पछिको कुरा पछि नै हुने मात्रै बताए । उनले महाधिवेशन पछाडि सभापतिसमेत रहेका देउवा नेतृत्वको सरकारलाई काम गर्न थप ऊर्जा मिलेको बताए ।
राष्ट्रिय सभाको चुनावमा कांग्रेसलाई गठबन्धनसँग मिल्दा तीनवटा सिटमा फाइदा पुगेको शर्माले बताए । पहिला तीनवटा सिटमा मात्रै कांग्रेसकाे भएकामा अन्य तीनवटा सिट पनि कांग्रेसका लागि फाइदा भएको उनले उल्लेख गरे । प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उनले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गरे । महामन्त्री शर्मा राष्ट्रिय सभाका सदस्य गोपाल बस्नेतको टिकट लिएर विराटनगर आएका हुन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend