Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ’


    शुक्रबार, पुष १६ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले अमेरिकी मिलेनियम कर्पाेरेशन (एमसीसी) खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

    संसद भवन घेराउ गर्नेगरी शुक्रबार गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेमकिपाका सांसद प्रेम सुवालसहितका नेताले एमसीसी राष्ट्रहितविपरीत रहेकाले पारित गर्न नहुने बताएका हुन् । 

    एमसीसी सम्झौताबाट देशलाई उपनिवेश बनाउन खोजिएको भन्दै उनले  देशको बिजुली अमेरिकालाई दिने गरी सम्झौता भएको बताए । 

    ‘हाम्रो देशमा उत्पदित बिजुली नेपालीका लागिविना धुवाँ प्रदुषणको खाना बनाउन उपयोग गर्नुपर्छ । बिजुलीबाट चल्ने सवारीसाधन बनाउन, उद्योगहरु चलाउन, हिमाली पहाडी तराई सबै क्षेत्रका जनातालाई उज्यालो दिन प्रयोग गर्नु पर्छ त्यसैले एमसीसी पास गर्नु हुँदैन’, उनले भने । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार