काठमाडौं । राप्रपाको अध्यक्षबाट पराजित भएपछि कमल थापाले दिएको अभिव्यक्तिको पार्टीभित्रबाटै विरोध हुने क्रम बढेको छ । एक महिनाअघि भएको पार्टीको महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमा राजसंस्थासहितको लोकतन्त्रको राजनीतिक लाइन अवलम्बन गरिने उल्लेख गरेका थापाले अध्यक्षमा पराजित भएपछि यसविपरीत अभिव्यक्ति दिन थालेपछि उनको विरोध भएको हो ।
उनी पार्टी अध्यक्ष रहँदा पार्टीको प्रचार विभागको सदस्य सचिव रहेका सुजित केसीले राप्रपाको आधिकारिक लाइनविपरीत अभिव्यक्ति दिनेहरूमाथि छानबिन गरेर कारबाही गरिनुपर्ने बताउँछन् ।
‘राप्रपाको जिम्मेवार सदस्य भएर राजा वा राजसंस्थाबारे भ्रम फैलाउने, घृणा पैदा गर्ने, कार्यकर्ता/शुभेच्छुक/शुभचिन्तकलाई विभाजित गर्ने कार्य दुःखद् छ । यस्ता कार्य तत्काल रोकिनुपर्छ,’ उनी भन्छन्, ‘महाधिवेशनको बन्द सत्रमा आफैंले राजनीतिक कार्यपत्र पेस गर्ने, राजसंस्थासहितको लोकतन्त्रको राजनीतिक लाइन सर्वसम्मतिले पास गर्ने र महाधिवेशनको परिणाम आएको एक घण्टा भित्र राजनीतिक लाइनविपरीतको अभिव्यक्ति दिने मात्रै होइन त्यसलाई निरन्तर उठाइरहने प्रवृत्ति अप्रजातान्त्रिक, अमर्यादित, व्यक्तिवादी र आफू नरहे सर्वस्व डुब्छ भन्ने मनोरोग हो ।’
पार्टीको आधिकारिक लाइनविपरीत अभिव्यक्ति दिने कार्य तत्काल रोक्नुपर्ने उनको जोड छ ।
अघिल्लो महिना भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले राजसंस्थाविपरीत अभिव्यक्ति दिँदै आएका छन् । महाधिवेशनपछि उनी पार्टी कार्यालयसमेत गएका छैनन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend