काठमाडाैं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टी मिलाएर नयाँ पार्टी गठन गर्न सकिने प्रस्ताव ल्याएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच शुक्रबार भएकाे भेटवार्तामा आपसी सहकार्यका साथै पार्टी एकताको विषयमा छलफल भएको हाे । त्यो छलफलका क्रममा मिश्रले दुबै पार्टी मिलाएर नयाँ विकल्पमा जानुपर्ने प्रस्ताव गरेका हुन्।
‘विवेकशील साझा राप्रपामा मिसिन सक्दैन, राप्रपा विवेकशील साझामा आउन सक्दैन,’ मिश्रले भने, ‘मैले राखेको कुरा दुबैको सहमतिमा नयाँ विकल्प जान सकिन्छ, नयाँ शक्ति सिर्जना गर्न सकिन्छ।’
भेटमा राजनीति, समाज र देशको भविष्यबारे चिन्ताजनक र आशापूर्ण कुरा चलेको बताउँदै मिश्रले भने, ‘यो एक किसिमको शिष्टाचार भेट पनि थियो ।
स्रोतका अनुसार अहिले एकताका लागि छलफल प्रारम्भ भएकाले र आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने विषयमा दुबै नेता सहमत भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend