काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ।
मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ । बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ ।
अधिकांश समूहले नेताको जीवनशैली, कार्यकर्ताको मूल्यांकन विधि, पार्टी सरकारमा पुगेपछि जनमुखी हुनसकेको, एमालेसँगको एकता लगायका विषयमा कुरा उठाएका छन् । माओवादी छाडेकाहरुलाई गद्दार घोषण गर्ने माग पनि उठकेको छ ।
बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रदेश २ बाट सत्यनारायण भगत, बागमती प्रदेशबाट सरल सहयात्री, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, कर्णाली प्रदेशबाट विमला केसी र सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर, आयोगको तर्फबाट टंक राई, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, केन्द्रीय विभागबाट गीता पनेरुले आआफ्नो समूहको ब्रिफिङ गरेका छन् ।
कुन टोली नेताले के भने ?
प्रदेश १ बाट हर्कबहादुर नेम्बाङले टोली नेताको रुपमा प्रस्तुती दिएका थिए। उनले कार्यकर्ताको मूल्यांकन विधी सम्मत नभएको देखि पार्टी छोडेका रामबहादुर थापा बादल लगायतलाई संस्थागत रुपमै गद्दार घोषणा गर्नुपर्ने विषय प्रतिवदनमा सम्बोधन हुनुपर्ने सुझाव दिए भने काङवाङले फरक मतलाई पनि सम्बोधन गर्नुपर्ने सुझाव दिए।
प्रदेश २ बाट सत्यनारायण भगतले टोली नेताको रुपमा प्रस्तुती गरेका थिए उनले एमालेसँगको एकीकरण हतारमा भएको देखि पार्टी नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताए । उनले पार्टीमा नेतृत्व विकास हुन नसकेको विषयदेखि चिनियाँ बेल्ट एण्ड रोडका विषयमा स्पष्ट पार्न सुझाव दिए।
बागमती प्रदेशबाट सुरल सहयात्रीले समूहको नेताको रुपमा प्रस्तुती गरेका थिए । उनका अनुसार आफ्नो टोलीमा पार्टीमा गुटबन्दी संस्कृति रुपमा विकसित हुँदै गएको विषयमा सुझाव आएको बताए । कार्यकर्ताको व्यवस्थापन र यसअघि पार्टी कार्यकर्तालाई उत्पादनमा लगाउने खालको नीति किन सफल हुन नसकेको भन्दै आत्मसमीक्षा आवश्यक भएको सुझाव आयो ।
गण्डकी प्रदेशबाट गायत्री गुरुङले नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको सुझाव दिइन् । एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्था देखि एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाउने सम्मको सुझाव दिइन् ।
कर्णाली प्रदेशबाट विमला केसीले पेस गरेको सुझावमा पनि नेतारुको सम्पत्ति सार्वजनिक गर्न माग गरिएको छ भने पार्टीमा गुटबन्दी भएकाले त्यस्तालाई कारबाही गर्न मापदण्ड बनाउन सुझाव आएको छ भने महाधिवेशनमा आर्थिक प्रतिवेदन पेस गर्न माग गरिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवरले गरेको प्रस्तुतीमा सरकारमा पार्टी सहभागी हुन प्रभावकारी नभएको भन्दै जनजिवीकाको सवालमा सरकार गम्भीर बन्नुपर्ने सुझाव आएको छ।
सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारीले वेपत्ता छानबिन आयोगक, जिम्मेवारी पूरा नगर्ने र पद नछाड्ने बानीको विकास पार्टीमा भएको र पार्टीका आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने र सल्लाहकारलाई भूमिका दिनुपर्ने लगायका विषय उठाएका थिए ।
आयोगको तर्फबाट टंक राईले २०५२ का राजनीतिक प्रतिवद्धता पूरा भए कि भएनन्, सरकार जनमुखी र प्रभाकारी हुन नसकेको र पार्टी जिम्मेवारीको सही व्यवस्थापन लगायका विषयमा सुझाव दिएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend