जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा भएको छ ।
निर्वाचित ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका विमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित भएका छन् । सभापतिसहित ९ जना पदाधिकारिमा संस्थापन पक्षका सबै उम्मेदवार निर्वाचित भएका छन् ।
सभापतिमा कृष्णा यादव, उपसभापतिमा विरेन्द्र सिंह र चन्द्रखेर यादव,महामन्त्रीमा उपेन्द्र यादव र वृहपति कुमार श्रेष्ठ, सहमहामन्त्रीमा जयनारयण यादवर पशुराम चौधरी,महिला तर्फ सहमहामन्त्रीमा विन्दु यादव विजयी भएकी हुन् । यि सबै पदाधिकारी संस्थापन पक्षमा उम्मेदवार रहेका थिए ।
त्यसैगरि, खुल्लासहित विभिन्न कल्सटरमा ५६ सदस्यहरुको लागि निर्वाचन भएको थियो भने ५ जना विभिन्न कल्सटरमा निर्वाचित भएका थिए । निधि कोइरला समूहका सदस्यमा जीवनाथ चौधरी,सरोज कुमार यादव, रेखा कुमारी यादव, अच्छेलाल यादव, नितु झा, बिन्दा कुमारी पासवान र मो.तालअली अन्सारी विजयी भएका हुन् । बाँकी सबै संस्थापन समूहकै उम्मेदवारहरु विजयी भएका छन् ।
श्रेष्ठले ल्याइन् सर्वश्रेष्ठ मत
कांग्रेसको प्रदेश २ अधिवेशनमा क्षीरेश्वरनाथ नगरपालिका उपमेयर रचना श्रेष्ठ माथेमाले सर्वश्रेष्ठ मत ल्याएकी छिन् ।
महिलामा खुलातर्फ सदस्य पदमा उम्मेदवारी दिएकी श्रेष्ठले अधिवेशनमा सबभन्दा बढी १ हजार ९७ मत ल्याएकी हुन् । १ हजार ९ सय ८० जना मतदाता रहेकोमा १ हजार ८ सय ८१ जनाले मतदान गरेका थिए । केहि वर्ष अघि नेपाली कांग्रेसको महिला भातृ संगठनको महाधिवेशनमा पराजित भएकी श्रेष्ठले प्रदेश अधिवेशनमा सबभन्दा बढी मत पाउँदा खुसी भएको बताएकी छन् ।
आईएसी सम्मको अध्ययन गरेकी श्रेष्ठले भनिन्,‘मधेशमा जातियभेदभाव अत्यधिक रहेको भन्छन् । तर म मधेशका अल्पसंख्यक समुदायकी भएरपनि सबैले मलाई विश्वास गरि मत दिदाँ त्यो विभेद चिरिएको छ ।’
पार्टी, समाज,देशको लागि राम्रो काम गर्नेलाई सबैले मनपराउने गरेको बताउँदै उनले भनिन्, मैले गरेको मिहनेतलाई मध्यनजर गरेर साथिहरुले मलाई मतदान गर्नुभएकोमा मलाई हौस्याएको छ ।’ श्रेष्ठ कांग्रेस नेता मोहन कुमार माथेमाका श्रीमती हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend