काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव विवादले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताएका छन् ।
सातदोबाटोस्थिति ओलम्पिक भवनमा मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी)को १२ औं साधारणसभा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने राखेप सदस्यसचिव विवादित मुद्दालाई अग्राधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिए ।
सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिवबाट रमेश सिलवालाई बर्खास्त गरेर टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । तर, घिसिङको नियुक्तिको बदर र आफूलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले सरकारको निर्णयलाई यथावत राख्न अल्पकालीन आदेश दिएको थियो ।
सोही विषयलाई लिएर मन्त्री गहतराजले अदालतबाट ढिलो फैसला हुने हुँदा खेल क्षेत्रलाई असर गर्ने बताएका हुन् । राखेप सदस्यसचिव विवाद चाँडै टुंग्याउनु पर्नेमा जोड दिँदै उनले भने, ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर, यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।’
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनु पर्ने बताए । ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न,’ श्रेष्ठले भने ।
साधारणसभाको समापन अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकाशित पुस्तकको विमोचन गरिएको थियो ।
ओलम्पिक कमिटीले आउने वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend