Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको मृत्यु, दुई जना घाइते


    मंगलबार, पुष १३ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट। रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । 

    ‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले न्युज कारखानसँग भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’ 

    उक्त जिपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए । 

    उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए । न्युज कारखाना 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार